News प्रथम फार्मा कप फुटसल हुने
सुरज राना मगर

बुटवल । फार्मा व्यवसायमा आवद्ध सहकर्मीहरुबीच भाईचाराको सम्बन्ध र आत्मियता बढाउने उद्देश्यले प्रथम फार्मा कप फुटसल प्रतियोगिता हुने भएको छ ।

होराईजन चोक बुटवलस्थित ग्रीनफिल्ड फुटसल एरिनामा हुने एक दिने प्रतियोगितामा बुटवल क्षेत्रका इच्छुक फार्मा व्यवसायीहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता संयोजक सागर कंडेलले बताए । सहभागिता जनाउन इच्छुक टोलीहरुका लागि टिम दर्ता शुल्क ३५०० तोकिएको संयोजक कंडेलले बताए ।

प्रतियोगितामा अनुमानित १५ टोलीहरु ले हसागिता जनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । साथै प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको संयोजक कंडेलले जानकरी दिए ।

प्रतियोगिता आउँदै गरेको नेपालीहरुको महान चाड दशैंलाई पनि लक्षित गरेर शुभकामना आदानप्रदान गर्ने उद्देश्यले राखिएको आयोजकले जनाएको छ । साथै प्रतियोगितालाई आगामी दिनहरुमा थप परिष्कृत गर्दै भव्यताका साथ आयोजना गर्ने लक्ष्य रहेको पनि प्रतियोगिता संयोजक सागर कंडेलले बताए ।

 

Post Comments