News रोहितको टोली जकार्ताको लगातार तेस्रो बराबरी
गोलनेपाल

काठमाडौं । नेपाली फुटबल टोलीका महत्वपुर्ण सदस्य रोहित चन्दको टोली पर्सिजा जकार्ताले इण्डोनेसियन लिगको नयाँ सिजनमा आफ्नो मिश्रित लयलाई निरन्तरता दिएको छ ।

यस सिजन जितविहीन रहेको जकार्ताले आइतबार लगातार तेस्रो बराबरी खेल्यो । लगातार तेस्रो बराबरी खेल्ने क्रममा जकार्ताले पर्सिपुरासँग गोलरहित बराबरी खेल्दै अंक बाँडयो ।

स्मरण रहोस, जकार्ताले गत आइतबार पनि जित नजिक पुगेर पिएसआईएस सेमाराङसँग २–२ को बराबरी खेल्न बाध्य भएको थियो । आइतबारको बराबरी नतिजासँगै तीन खेलबाट ३ अंक जोडेको जकार्ता दशौं स्थानमा छ । र शिर्ष स्थानको टोली बाली युनाइटेड भन्दा चार अंकले पछाडी छ ।

उता जकार्तासँग सिजनको पहिलो बराबरी खेल्दै अंक बटुलेको पर्सिपुरा भने १ अंकका साथ पुछारमा छ । जकार्ताले आफ्नो आगामी खेल यहि २४ सेप्टेम्बर शुक्रबारका दिन पर्सेलासँग खेल्दैछ ।

Post Comments