News धनकुटामा भेट्रान फुटबल प्रतियोगिता हुने
राजकुमार श्रेष्ठ

धनकुटामा पहिलो पल्ट भेट्रान फुटबल प्रतियोगिता सुरु हुन लागेको छ ।

कोरोनाको दोस्रो लहर पछि बिस्तारै खेलकुद गतिविधि सुरु भएसंगै धनकुटा फुटबल संघले प्रथम धनकुटा भेट्रान फुटबल प्रतियोगिता गर्न लागेको धनकुटा फुटबल संघका अध्यक्ष गोविन्द राई बताए ।

धनकुटाको तल्लो टुडिखेलमा असोज १८ गते बाट देखि २३ गते सम्म चल्ने प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ ।

दशैंलाई लक्षित गर्दै प्रतियोगिता संचालक गरेको प्रक्षिशक संघका उपाध्यक्ष सुमन श्रेष्ठले बताए ।

प्रतियोगिताको विजेताले नगद रु ४०००० संगै खसी, मेडल, प्रमाणपत्र प्राप्त गर्छन् भनी उपविजेताले नगद रु २०००० संगै लोकल कुखुरा, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगिताको सम्पुर्ण तयारी अन्तिम चरनमा रहेको अध्यक्ष राईले बताए ।

Post Comments