News मैत्रीपुर्ण महिला फुटबल म्याचमा चितवनको सहज जित
गोलनेपाल

बिजयवस्ती । पर्सा स्थित ठोरीमा सम्पन्न भएको एक दिने मैत्रीपुर्ण महिला फुटबल म्याचमा कालिका नगरपालिका, चितवनले सहजत जित हात पारेको छ ।

यहाँ जारी समाजसेवी स्व. राम बहादुर श्रेष्ठ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल खेल शुरु हुन एक दिन जिल्लाका स्थानीय महिला फुटबल खेलाडीहरुलाई फुटबलप्रति आकर्षित गराउने उद्देश्यले सो मैत्रीपुर्ण खेल आयोजना गरिएको थियो ।

बिजयवस्ती खेलमैदानमा भएको खेलमा कालिका नगरपालिका, चितवनले हेटौडा फुटबल एकेडेमीलाई ४–१ को फराकिलो अन्तरले हरायो । खेलमा कालिका नगरपालिकाकी सम्झना घ्याङ्बा प्लेयर अफ द म्याच घोषित भईन् ।

प्लेयर अफ द म्याच बनेकी सम्झनालाई प्रमुख अतिथी चौतारी कृषि सहकारी संस्थाका अध्यक्ष निमा लामाले नगद ४ हजारसहित पुरस्कृत गरे । त्यस्तै विजेता बनेको कालिका नगरपालिका, चितवनले ५ हजार प्रोत्साहन वापतको पुरस्कार समेत हात पार्यो ।

 

Post Comments