News साफको निर्णयले आक्रोशित प्रशिक्षक अब्दुला
गोलनेपाल

काठमाडौं । नेपालले साफ च्याम्पियनसिपको ऐतिहासिक पहिलो फाइनल खेल्ने दिन नै मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले आफूमाथि आयोजक साफले अन्याय गरेको आरोप लगाएका छन् ।

उनले शनिबार भर्चुअल पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी गराएका हुन् । त्यति मात्र नभएर अल्मुतारीले साफ च्याम्पियनसिप नेपालले नजितोस भन्ने षडयन्त्र आयोजकले गरेको बताएका छन् ।

स्मरण रहोस, आज हुने भारत विरुद्धको साफ च्याम्पियनसिप फाइनलमा दुई पहेंलो कार्डका कारण प्रशिक्षक अल्मुतारी टचलाईनमा बस्न नपाउने बताइएको छ । यसबारे साफले उनलाई पत्राचार समेत गरिसकेको छ ।

यद्यपि साफको नियमानुसार यो निर्णय केही विरोधाभासपुर्ण देखिएको छ । साफले जारी गरेको निर्देशिकामा दुई पहेंलो कार्ड खाने अफिसियललाई निलम्बन हुने नियम कतै उल्लेख गरिएको छैन ।

अल्मुतारी भन्छन्, “साफको यो निर्णयले म स्तब्ध छु । साफले आफै बनाएको नियम उसले राम्रोसँग पालना गरेको छैन । तर उनीहरुले मलाई हटाउन कै लागि नियम परिवर्तन गरेका छन् । यो निर्णयका कारण उनीहरुले मलाई मात्र नभएर सिंगो नेपाली फुटबल र एन्फालाई नै कारवाही गरेको छ । यो अन्यायपुर्ण छ । विभेदपुर्ण छ ।”

साथै अब्दुलाले यो आफूमाथि गरिएको व्यक्तिगत हमला भएको बताएका छन् । साफले व्यक्तिगत रिसिवी कै कारण आफूमाथि यस्तो कारवाही गरेको अब्दुलाको दावी छ । फाइनल अघि आफूलाई गरिएको यो निर्णय त्यसकै उदाहरण रहेको समेत अब्दुलाले बताएका छन् ।

अब्दुलाका अनुसार साफले यसपटक साफ च्याम्पियनसिप नेपालले जितेको देख्न नचाहेको बताएका छन् । टचलाईनमा आफ्नो उपस्थितिले नेपाली टोलीको मनोबल पनि उच्च हुने र त्यसो हुँदा नेपालले उपाधि जित्ने सम्भावना रहेकै कारण साफले यस्तो निर्णय गरेको उनको बुझाई थियो ।

यो विभेदपुर्ण निर्णय विरुद्ध अब्दुलाले माथिल्लो र सम्बन्धित निकायसम्म आवाज उठाउने बताए । अब्दुला भन्छन्, “यसको विरुद्धमा म माथिल्लो निकायसम्म जान्छु । पत्र पठाउँछु । आगामी दिनहरुमा यस्तो विभेदपुर्ण कारवाही कसैले भोग्न नपरोस ।”

अब्दुलाले लिग चरणमा बंगलादेशका खेलाडीहरुले नेपाल विरुद्धको खेल पश्चात रेफ्रीमाथि गरेको दुव्यर्वहारबारे पनि साफले कुनै आवश्यक कारवाही नगरेको आश्चर्य व्यक्त गरे ।

स्मरण रहोस, साफले अब्दुलालाई पठाएको पत्र:

 

Post Comments