News दाङमा हिरा डाँगी स्मृति कप हुने
सुरज राना मगर

तुलसीपुर । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ दाङको तुलसीपुरमा हिरा डाँगी स्मृति कप खुला नकआउट फुटबल प्रतियोगितामा हुने भएको छ ।

यहि कार्तिक १० देखि १६ गतेसम्म त्लसीपुर स्थित अरनिको खेलमैदानमा हुने प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहने प्रतियोगिता संयोजक प्रकाश रोकायाले जानकारी दिए ।

संयोजक रोकायाका अनुसार प्रतियोगिता खासगरी गत चैत्र महिना गर्ने तयारी भए तापनि विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारकिा कारण त्यो बेला स्थगित गर्नुपरेको बताए ।

हिरा डाँगी फाउण्डेशन, तुलसीपुर–५ दाङको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ६० हजार पाउने फाउण्डेशनका अध्यक्ष बोम डाँगीले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

जिल्लाका राम्रा खेलाडी थिए हिरा डाँगी

स्थानीय फुटबलमा उत्कृष्ट प्रदशन गर्दै दाङ जिल्लाको राम्रा खेलाडीमा गनिएका हिरा डाँगीको दुई बर्ष अघि निधन भएको थियो । उनकै स्मृतिमा स्थापित फाउण्डेशनले फुटबल प्रतियोगिता आयोजना गर्ने जमर्को गरेको हो ।

स्थानीयय खेलाडीहरुलाई फुटबलमा अवसर प्रदान गरेर सही बाटोमा लाग्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष बोम डाँगीले बताए ।

Post Comments