News एएफसी यु–२३ छनौटमा माल्दिभ्स र श्रीलंका पनि निराश
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एएफसी यु–२३ एसियन कप छनौटतर्फ दक्षिण एसियाका दुई टोली माल्दिभ्स र श्रीलंकाले पनि आ–आफ्नो खेलमा हारको सामना गरेका छन् ।

समूह ए मा रहेको श्रीलंकाले आफ्नो पहिलो खेलमा सिरियासँग ५–० को हार बेहोर्यो । श्रीलंकाले आफ्नो दोस्रो खेलमा अक्टुबर २८ तारीखका दिन आयोजक कतारसँग खेल्नेछ । समूह ए तर्फकै अर्को खेलमा आयोजक कतारले यमनमाथि ३–० को जित निकाल्यो ।

त्यस्तै समूह सी मा रहेको अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले बलियो इराकसँग ४–० को हार बेहोर्यो । समूह सी मा अन्तिम समयमा आएर अफगानिस्तानले सहभागिता नजनाउने भएपछि माल्दिभ्स, इराक र आयोजक बहराईनले मात्र सहभागिता जनाउँदै छन् ।

माल्दिभ्सले आफ्नो अन्तिम खेल २८ अक्टुबरका दिन बहराईनसँग खेल्नेछ । त्यस्तै समूह सी को अन्तिम खेलमा ३१ अक्टुबरका दिन बहराईन र इराक आमने सामने हुनेछन् ।

स्मरण रहोस, समूह ई मा रहेको अर्को दक्षिण एसियाली राष्ट्र भारतले भने आइतबार सनसनीपुर्ण रुपमा ओमानमाथि २–१ को जित निकालेको थियो । सो समूहमा भारत र ओमानसँगै आयोजक युएई र किर्गिस्तान रहेका छन् ।

 

Post Comments