News हिमरश्मी र विनायक फाइनलमा
गोलनेपाल

काठमाडौं । हिमरश्मी र विनायक पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

हिमरश्मीले पशुपतिलाई १–० गोलले पराजित गर्यो । हिमरश्मीका विजय लामाले निर्णायक गोल गरे । विनायकले कौस्तुभलाई २–० गोलले हरायो । दुवै गोल प्रणव कोइरालाले गरे ।

अब उपाधिका लागि हिमरश्मी र विनायकले शुक्रबार फाइनल खेल्नेछन् ।

 

Post Comments