News लक्ष्मणको गोलले पनि जित्न सकेन संकटा
गोलनेपाल

काठमाडौं । खेलमा शुरुवाती अग्रता बनाएर पनि त्यसलाई जोगाउन नसकेपछि संकटा क्लबले बिहीबार शहिद स्मारक ए डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेको छ ।

दशरथ रंगशालामा भएको खेलमा संकटाले ३६औं मिनटमा लक्ष्मण रुचालको फ्रिकिक गोलबाट खेलमा अग्रता बनाएको थियो । तर संकटाले अन्तिम समयसम्म त्यो अग्रतालाई जोगाउन सकेन ।

उता ७२औं मिनटमा डेडी वाम्बाले जावलाखेलका लागि बराबरी गोल गरे र टोलीको सम्भावित हार समेत टारे । खेलमा संकटाका डिफेन्डर टाम्पी अर्नेस्ट म्यान अफ द म्याच घोषित भए ।

यो नतिजापछि ३ खेलबाट ५ अंक जोडेको जावलाखेल लिगतालिकाको चौथो स्थानमा छ । उता संकटा भने ४ अंकका साथ सातौं स्थानमा रहेको छ ।

Post Comments