News हिरा डाँगी स्मृति कप फूटबलमा साहारा फुटबल क्लब सेमिफाइनलमा
गोलनेपाल
दाङको तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ मा  युएनबिसी घोराही क्लब सेमिफाइनल प्रवेश गरेको छ। 

 
हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा तुलसिपुर अरनिको खेल मैदानमा शुक्रबार बिहान सम्पन्न खेलमा बिआरडी फोर ब्रदर्स नवलपरासी क्लब लाई एकका विरुद्ध ४ गोलको अन्तरले पराजित गर्दै युएनबिसी क्लबले सेमिफाइनल यात्रा तय गरेको हो । 

खेलमा युएनबिसी का आशीस पुनले पहिलो हाफ्मा गोल गरे । उनले नगद दुई हजार हात पारे  त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने बिआरडी फोर ब्रदर्स नवलपरासी का जितेस गुरुङ म्यान अफ द म्याच भए ! उनले ट्रफी संगै नगद एक हजार पाँच सय हात पारे । 

यसैगरी साहारा फुटबल क्लब लखनउले प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । 

दिउँसो भएको खेलमा नियमित समयमा एक एक को बराबरी खेलेको थियो । टाइब्रेकर मा पाँच को विरुद्ध चार गोलको अन्तर ले एसएसएफए तुलसिपुर लाइ पाखा लगाउदै  सेमिफाइनल यात्रा तय गरेको हो । 

खेल एसएसएफए का जर्सी न ११का खेलाडी मनराज मगरले पहिलो गोल गरे!उनले नगद दुई हजार हात पारे  ।

त्यस्तै उत्कृष्ट खेल प्रदर्शन साहारा  फुटबल क्लब लखनउ का जार्सी न २१ का शिवम पन्त म्यान अफ द म्याच भए  । उनले ट्रफी संगै नगद १५ सय हात पारे  । 

प्रतियोगिता अन्तरगत आइतवार पहिलो  सेमिफाइनल फाईनल खेलमा युएनबिसी घोराही र सक्सेस क्लब तुलसीपुर दिउँसो साढे दुई बजे हुने प्रतियोगिताका संयोजक केशब चौधरी मिङमा ले जानकारी दिएका छन् । 

प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । 

त्यस्तै उपविजेताले नगद ६० हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ। त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका वेस्ट प्लेयर खेलाडी,बेस्ट किप्पर, बेस्ट डिफेन्स,बेस्ट मिड फिल्डर,हाई स्कोरर,बेस्ट कोच,बेस्ट मार्चपास लाई जनही ५ हजार तथा ट्रफी ले पुरस्कृत गरिनेछ ।  त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडी लाई ट्रफिको ब्यबस्था गरिएको छ । 
Post Comments