तुलसीपुर । सक्सेस फुटबल क्लब यहाँ जारी प्रथम हिरा डाँगी स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनलमा सक्सेसले युएनबिसी घोराहीलाई शुन्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।
तुलसीपुर स्थित अरनिको खेल मैदानमा भएको खेलमा सक्सेसका लागि ६७औं मिनटमा बृजेश चौधरीले पहिलो गोल गरे भने ७२औं मिनटमा सन्जु सेनले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । खेलमा सक्सेसका सबिन ओली म्यान अफ द म्याच भुनिए ।
प्रतियोगिता अन्तरगत कार्तिक १५ गते सोमबारको दोस्रो सेमिफाइनल खेल टरिगाउँ फुटबल क्लब तुलसीपुर १२ र साहारा क्लब लखनउ बीच हुने आयोजकले जनाएको छ ।
हिरा डाँगी फाउण्डेशन, तुलसीपुर दाङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि कार्तिक १६ गतेका दिन हुनेछ ।

- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
- वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- वडा नम्बर ५ र १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ कपको सेमिफाइनलमा