News सक्सेस एफसी उपाधि नजिक
गोलनेपाल

तुलसीपुर । सक्सेस फुटबल क्लब यहाँ जारी प्रथम हिरा डाँगी स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनलमा सक्सेसले युएनबिसी घोराहीलाई शुन्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

तुलसीपुर स्थित अरनिको खेल मैदानमा भएको खेलमा सक्सेसका लागि ६७औं मिनटमा बृजेश चौधरीले पहिलो गोल गरे भने ७२औं मिनटमा सन्जु सेनले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । खेलमा सक्सेसका सबिन ओली म्यान अफ द म्याच भुनिए ।

प्रतियोगिता अन्तरगत कार्तिक १५ गते सोमबारको दोस्रो सेमिफाइनल खेल टरिगाउँ फुटबल क्लब तुलसीपुर १२ र साहारा क्लब लखनउ बीच हुने आयोजकले जनाएको छ ।

हिरा डाँगी फाउण्डेशन, तुलसीपुर दाङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि कार्तिक १६ गतेका दिन हुनेछ ।

 

Post Comments