News नेपाली फुटबलका हितैषी होल्गरको निधन
गोलनेपाल

काठमाडौं । छोटो समय मै नेपाली फुटबलमा आफ्नो अमिट छाप छोडेका जर्मन नागरिक होल्गर ओबरम्यानले ८५ बर्षको उमेरमा संसार छोडेर गएका छन् । अर्थात नेपाली फुटबलका यी हितैषीको दुःखद निधन भएको छ ।

सन् १९९१ देखि ९३ सम्म नेपालमा फुटबलको प्राविधिक निर्देशकका रुपमा समेत कार्य गरेका ओबरम्यानले नेपालको आधुनिक फुटबललाई राम्रो गति दिने काम गरेका थिए ।

सन् १९९३ को साफ फुटबलमा नेपाललाई स्वर्ण पदक जिताएका उनले नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरुलाई फुटबल मै करियर बनाउन पनि सघाएका थिए ।

फुटबल विकासमा दक्षिण एसियाका अफगानिस्तान, बंगलादेश र श्रीलंका जस्ता देशहरुमा पनि काम गरेका ओबरम्यान राम्रा फुटबल खेलाडीसँगै खेल पत्रकार पनि थिए ।

उनको निधनबारे विभिन्न नेपाली तथा विदेशी खेल संस्था, खेलाडीहरुले शोक र समवेदना व्यक्त गरिरहेका छन् ।

Post Comments
Advertisement Yamaha Nepal