News पचिरालाई नकआउट फुटबल प्रतियोगिताको उपाधि
गोलनेपाल

दुहबी । प्रथम नकआउट फुटबल प्रतियोगिताको उपाधि पचिरा फुटबल क्लब, दुहबी सुनसरीले जितेको छ । फाइनलमा बसन्तपुर फुटबल क्लबलाई २–० ले हराउँदै पचिराले उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

दुहबी–५ स्थित श्री सरस्वती उमाविको खेलमैदानमा सम्पन्न फाइनलमा पचिराका लागि ४६औं मिनटमा श्रवण गच्छदारले पहिलो गोल गरे भने ६५औं मिनटमा धिरज चौधरीले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

विजेता बनेको पचिराले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता बसन्तपुरले १५ हजारमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी दुहबी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदारले पुरस्कृत गरे ।

युथ–११ फुटबल क्लब, दुहबी–५ सुनसरीको आयोजनामा गत कार्तिक ६ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments