News झापाको फाक्तेपमा मंसिर ११ गते बाट प्रथम एनी फाक्तेप गोल्डकप २०७८ संचालन हुने
गोलनेपाल

झापाको शिबसताक्षी ७ फाक्तेपमा मंसिर ११ गते बाट प्रथम एनी फाक्तेप गोल्डकप २०७८ संचालन हुने भएको छ । फाक्तेप फुटबल क्लबले आज फाप्तेपमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको  हो ।

फाक्तेपमा पहिलो पटक ठुलो धनराशीको प्रतियोगिता आयोजना हुन गइ रहेकोले सबै खेलप्रेमी हरु उत्साहित भएका छन । बिगतमा साना प्रतियोगिताहरु धेरै  भएको भए पनि गोल्डकप भने पहिलो पटक हुन लागेको हो । 

गोल्डकप संचालनलाई सहयोग गर्न अर्थिक संकलन लाई तिब्ररुपमा काम  गरिरहेको र  बिभिन्न संघ संस्था, ब्याबसायीहरु संग सम्मन्वय गरिरहेको आर्थिक सहसंयोजक अनिल संबाहाम्फेले उक्त पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा झापाका ४ टिम र अन्य मोरङ, सुनसरी, इलाम र सिन्धुलीका १ । १ टिमको सहभागिता रहने छ जसमा झापाका जलथल फटबल क्लब ,काकाडीभिटा फुटबल क्लब ,रोयल स्पोटिङ क्लब दमक, आयोजक फाक्तेप फुटबल क्लब रहेका छन भने पथरी स्पोटीङ क्लब मोरङ,धरान फुटबल क्लब सुनसरी, इलाम फुृटबल क्लब र दुधौली फुटबल क्लब सिन्धुलीको सहभागिता रहने खेल संयोजक सन्तोष थेगिमले बताए ।

गोल्डकपको बिजेता टिमले नगद १लाख १ हजार मेडल ट्रफि र प्रमाणपत्र पाउने छ भने उपबिजेताले ५१ हजार नगद सहित मेडल ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने क्लबका सचिब सन्तोष शेर्माले जानकारी दिए । त्यसै गरि  प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ठ हुने खेलाडीलाई पनि नगद सहित मेडल र ट्रफिले पुरस्कृत गरिने जनाइएको छ ।

मंसिर ११ गते देखि १८ गते सम्म  संचालन हुने गोल्डकपको मुख्य प्रायोजक एनि क्लोथ ब्राण्डले गरेको छ भने गोल नेपाल डट कमले प्रतियोगिता अवधिबर प्रत्यक्ष प्रशारण गर्ने क्लबका अध्यक्ष बमप्रसाद चेम्जोङले बताएका छन ।

करिब  १८ लाख रुपैयाको खर्च अनुमान गपिरएको फक्तेप गोल्डकपलाई सब्य र भब्य रुपमा सफल बनाउन बिभिन्न संचार माध्यमबाट प्रचार प्रसार गरिरहेको समेत बताइएको छ ।

Post Comments