News केही दिन पछि सर्यो ए डिभिजन लिग
गोलनेपाल

काठमाडौं । बहुप्रतिक्षित कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको मिति पाँच दिन पछि सरेको छ । यसअघि यहि कार्तिक २९ गतेदेखि शुरु हुने बताइए तापनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सो मिति पाँच दिन पछि सारेर मंसिर ३ मा पुर्याएको हो ।

उद्घाटन खेलमा नव आगन्तुक टोली सातदोबाटो युथ क्लब र फ्रेण्डस क्लब भिड्दै लिगको नयाँ सिजनको शुरुवात गर्ने छन् । साथै एन्फाका महासचिव इन्द्रमान तुलाधरका अनुसार लिगका खेलहरु प्रत्येक साताको शुक्रबार शनिबार र आइतबार हुने पनि जानकारी दिए । तुलाधरका अनुसार सहभागी क्लबहरुको सुझाव र आवश्यक छलफल पश्चात नै यो निर्णय लिइएको बताए ।

लिगमा यसपटक कुल १४ टोलीहरुले सहभागिता जनाउँदै छन् भने त्यसमध्ये दुई टोली रेलिगेशनमा पर्ने छन् । त्यस्तै लिग विजेताले यसपटक लिग उपाधिसहित नगद ७५ लाख हात पार्ने एन्फाले यसअघि नै घोषणा गरिसकेको छ ।

Post Comments