News नवयुगले ए डिभिजन लिग गुमाउने निश्चित
गोलनेपाल

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका स्टार फरवार्ड नवयुग श्रेष्ठले आउँदो मंसिर ३ गतेदेखि शुरु हुन गईरहेको कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग गुमाउने भएका छन् ।

केही दिन अघि प्रि सिजन अभ्यास म्याचका रुपमा ब्रीगेड ब्वाईज क्लब विरुद्ध खेल्ने क्रममा घुँडाको चोट बोक्न पुगेका नवयुगले लिग नखेल्ने पक्का भएको हो । उनको घुँडाको शल्यक्रिया गरिएको छ र उनी लामो समय मैदान बाहिर रहेर आराम गर्नुपर्ने बताइएको छ ।

ए डिभिजन लिग अन्तरगत आर्मीले मंसिर २ गतेका दिन अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्ने कार्यक्रम थियो । तर एन्फाले प्राविधिक कारण जनाउँदै लिग मिति मंसिर ३ गतेदेखि शुरु हुने गरि सारेपछि आर्मीको खेल पनि पर धकेलिएको थियो ।

स्मरण रहोस, गत संस्करण आर्मीले लिगको दोस्रो स्थानमा रहेर सिजनको समापन गर्दा नवयुगको प्रदर्शन पनि टोलीका लागि अहम रह्यो । साथै लिग च्याम्पियन मच्छिन्द्रले एएफसी कपमा सहभागिता जनाउन नपाएपछि त्यसको स्थानमा आर्मीले नै एएफसी कपको छनौट प्रतियोगिता खेलेको थियो ।

Post Comments