News आयोजक श्रीलंका दोस्रो खेलमा पराजित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । चार देश सम्मिलित प्राईम मिनिष्टर महिन्दा राजपाक्ष ट्रफीमा आयोजक श्रीलंकाले आफ्नो दोस्रो खेलमा स्तब्धपुर्ण हार बेहोरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई सनसनीपूर्ण रुपमा ४–४ को बराबरीमा रोकेको श्रीलंकाले त्यो प्रदर्शनलाई दोस्रो खेलमा दोहोर्याउन सकेन ।

कोलोम्बो स्थित रेसकोर्ष ग्राउण्डमा भएको खेलको ६८औं मिनटमा वारेन मेलीले गरेको एक मात्र गोल सेसेल्सलाई श्रीलंका विरुद्ध १–० को साँघुरो जित दिलाउन निर्णायक बन्यो । खेलको पहिलो हाफमा सेसेल्सले पेनाल्टीको अवसर पनि पाएको थियो । तर, पाहुना टोलीको पेनाल्टी प्रहार श्रीलंकन गोलरक्षकले जोगाएका थिए ।

यो हारले श्रीलंकाको फाइनल प्रवेशको सम्भावना थप कठिन बनेको छ । पहिलो खेलमा बंगलादेशससँग १–१ को बराबरी खेलेको सेसेल्ससँगै बंगलादेशको समान ४–४ अंक छ । स्मरणीय छ, बंगलादेशले शनिबार नै भएको पहिलो खेलमा माल्दिभ्सलाई २–१ ले हराएको थियो ।

माल्दिभ्स र श्रीलंकाको भने १–१ अंक छ । लिग चरणको अन्तिम खेलमा माल्दिभ्सले मंगलबार सेसेल्सको सामना गर्नेछ भने सोही दिन बंगलादेश र श्रीलंका पनि आमने सामने हुने छन् । समूहको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् ।

Post Comments