News हाम्रो धरान सेमिफाइनलमा प्रवेश
गोलनेपाल

दुहबी । हाम्रो धरान भेट्रान क्लब यहाँ जारी प्रथम दुहबी भेट्रान कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा युनाइटेड भेट्रान, बिराटनगरलाई टाईब्रेकरमा ४–२ ले हराउँदै हाम्रो भेट्रान अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि दुहबी–५ स्थित श्री सरस्वती उमाविको खेलमैदानमा सम्पन्न निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिइएको थियो । निर्धारित समयतर्फ हाम्रो भेट्रानका लागि ४६औं मिनटमा जनक सुनुवारले गोल गरेका थिए भने लगतै ५०औं मिनटमा युनाइटेड भेट्रानका लागि निराजन बस्नेतले बराबरी गोल फर्काएका थिए ।

खेलमा हाम्रो भेट्रानका योगेन्द्र राई म्यान अफ द म्याच घोषित भए । उनलाई प्रमुख अतिथी दुहबी नगरपालिका वार्ड नम्बर ३ का अध्यक्ष माधव भण्डारीले नगदसहित पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तरगत कार्तिक ३० गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक दुहबी भेट्रान क्लब (निलो) र भरौल भेट्रान क्लब, सुनसरी बीच हुने आयोजकले जानकारी दियो ।

दुहबी भेट्रान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल मंसिर ४ गतेका दिन हुनेछ ।

Post Comments