काठमाडौं (एजेन्सी) । निर्णायक मानिएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई निराश पार्दै आयोजक श्रीलंका जारी चार देशीय प्राईम मिनिस्टर महिन्दा राजपक्ष ट्रफीको फाइनलमा प्रवेश गरेको छ ।
अन्तिम खेलमा फाइनल प्रवेशका लागि बंगलादेशलाई केवल बराबरी गरे प्रर्याप्त थियो भने श्रीलंकालाई निश्चित जितको खाँचो थियो । जुन खेलमा श्रीलंकाले नतिजा २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
श्रीलंकाका लागि अहमद रजिक फेरि नायक रहे । माल्दिभ्स विरुद्ध पनि एक्लैले चार गोल गरेका रजिकले बंगलादेश विरुद्धको खेलमा पनि दुवै गोल आफ्नो नाममा लेखाए । खेलको २४औं मिनटमा रजिकले श्रीलंकालाई अग्रता दिलाएका थिए ।
यद्यपि दोस्रो हाफको ७२औं मिनटमा जिवेल रानाले बंगलादेशका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । निर्धारित समयको खेल बराबरीतर्फ लम्किरहेका बेला इन्जुरी समयमा रजिकले नै घरेलु टोलीका लागि निर्णायक गोल गर्दै श्रीलंकालाई फाइनलमा पुर्याउन अहम भूमिका खेले ।
श्रीलंकाले अब फाइनलमा शुक्रबार सेसेल्सको सामना गर्नेछ । सेसेल्सले मंगलबार नै भएको पहिलो खेलमा माल्दिभ्ससँग बराबरी खेल्दै अंक बटुलेको थियो । समग्रमा ५ अंक जोडेको सेसेल्स समुह विजेता बन्यो । त्यस्तै ४ अंकका साथ श्रीलंका उपविजेता बन्यो ।
समान ४ अंक जोडे तापनि बंगलादेश श्रीलंका भन्दा पछि पर्न पुग्यो । २ अंक जोडेको माल्दिभ्स पुछारमा रह्यो । साथै बंगलादेश र माल्दिभ्स प्रतियोगिताबाट पनि बाहिरिएका छन् ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल