News जगजितले लिग आर्मीबाट खेल्ने पक्का
गोलनेपाल

काठमाडौं । पछिल्लो समय अष्ट्रेलिया मै व्यस्त रहेका नेपालका चर्चित मिडफिल्डर जगजित श्रेष्ठले यस बर्षको ए डिभिजन लिग त्रिभुवन आर्मी फुटबल क्लबबाट खेल्ने भएका छन् ।

आर्मीमा आवद्ध भएको कुरा जगजितले पनि पुष्टी गरेका छन् । हालै स्वदेश फर्किएका जगजितले आर्मीका लागि लिग खेल्न पाउँदा उत्साहित रहेको बताएका छन् ।

गत सिजन मनाङका लागि लिग खेलेका जगजितले यसपटक आर्मीलाई लिग उपाधि जिताउन आफ्नोतर्फबाट सक्दो मेहनत र प्रयास गर्ने पनि बताए । आर्मीले आफ्नो पहिलो खेल मंसिर ६ गतेका दिन अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्दैछ ।

स्मरण रहोस, कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग यहि मंसिर ३ गतेदेखि शुरु हुँदैछ । लिगको उद्घाटन खेलमा फ्रेण्डस क्लब र सातदोबाटो युथ क्लब भिड्दै छन् ।

यसपटक लिग विजेताले उपाधिसहित नगद ७५ लाख हात पार्नेछ भने उपविजेताले ५० लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख पाउने एन्फाले जनाएको छ । लिगमा दुई टोली रेलिगेशनमा पर्ने छन् ।

Post Comments