News दश खेलाडीमा खुम्चिएको फ्रेण्डसको बराबरी
गोलनेपाल

काठमाडौं । नेपालको पुरानो क्लब मध्ये एक फ्रेण्डसले शुक्रबारदेखि शुरु बहुप्रतिक्षित कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा अपेक्षाकृत रुपमा सिजनको शुरुवात गर्न सकेन ।

दशरथ रंगशालामा भएको लिगको उद्घाटन खेलमा फ्रेण्डसले नव आगन्तुक टोली सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । त्यसमा पनि खेलको दोस्रो हाफमा दश खेलाडीमा खुम्चिन पुगेको फ्रेण्डस थप दबाबमा पर्न पुगेको थियो ।

७५औं मिनटमा फ्रेण्डसका एन्थोनी पाउलले सातदोबाटोका सुशिल राईलाई फल गरेपछि दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्न पुगेका थिए । खेलमा सातदोबाटोले पनि केही राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा चित्त बुझाउन बाध्य भएको थियो ।

लिग अन्तरगत मंसिर ४ गते शनिबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा दिनको १ बजे हिमालयन शेर्पा क्लब र संकटा क्लब भिड्नेछन् भने दोस्रो खेलमा बेलुका ४ः४५ बजे च्यासल युथ क्लब र थ्रीस्टार भिड्ने छन् ।

Post Comments