News सुनिलको दुई गोलले मच्छिन्द्रलाई तीन अंक
गोलनेपाल

काठमाडौं । डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा जितका साथ नयाँ लिग सिजनको शुरुवात गरेको छ ।

सोमबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा मच्छिन्द्रले न्युरोडटिम (एनआरटी) लाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । खेलको ११औं मिनटमै सुनिल बलको गोलबाट मच्छिन्द्रले खेलमा अग्रता लिएको थियो ।

५४औं मिनटमा एरिक बिस्टले गोल गर्दै एनआरटीलाई खेलमा फर्काएका थिए । यद्यपि एनआरटीले त्यो बराबरी गोलको खुशी पनि मनाउन सकेन । खेल बराबरीतर्फ नै लम्किरहेको बेला ८०औं मिनटमा सुजल श्रेष्ठको पासमा सुनिल बलले नै व्यक्तिगत दोस्रो तथा मच्छिन्द्रका लागि निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए ।

खेलमा सुनिल बल नै म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । त्यस्तै खेल जिते वापत मच्छिन्द्रले ५० हजार म्याच मनी समेत हात पार्यो ।

Post Comments