
इटहरी । शनिबारदेखि शुरु इटहरी फुटबल रनिङ कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगितामा वार्ड नम्बर ५ ले विजयी शुरुवात गरेको छ ।
इटहरी रंगशालामा भएको उद्घाटन खेलमा वार्ड नम्बर ५ ले वार्ड नम्बर १९ लाई टाईब्रेकरमा ५–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलको म्यान अफ द म्याच वार्ड नम्बर ५ का मनिष भण्डारी घोषित भए । उनलाई प्रमुख अतिथी उद्योग वाणिज्य संघ, इटहरीका अध्यक्ष भिम पौडेलले एक थान मोबाइल सेटनसहित पुरस्कृत गरे ।
प्रतियोगिता अन्तरगत मंसिर १२ गते दुई खेलहरु हुनेछन् । पहिलो खेलमा वार्ड नम्बर ६ र १४ भिड्ने छन् भने दोस्रो खेलमा वार्ड नम्बर १० र १७ आमने सामने हुने छन् ।
इटहरी फुटबल क्लबको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि मंसिर २० गतेका दिन हुनेछ ।