News मनाङको लगातार दोस्रो जित
गोलनेपाल

काठमाडौं । जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा दावेदार मध्ये एक एनओसी मनाङ मस्र्याङ्दी क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

आठपल्टको लिग च्याम्पियन मनाङले शनिबार भएको दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै महत्वपूर्ण तीन अंक जोड्यो । खेलको अन्तिमतिर ८४औं मिनटमा आफिज ओलावालेले गरेको एक मात्र गोल मनाङलाई जित दिलाउन निर्णायक बन्यो ।

खेलमा मनाङका पुजन उपरकोटी म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । साथै जित हात पारे वापत मनाङले ५० हजार म्याच मनी पनि प्राप्त गर्यो ।

लगातार दोस्रो जित हात पारेको मनाङ ६ अंकका साथ शिर्ष स्थानमा उक्लिएको छ । ४ अंक जोडेको संकटा दोस्रो स्थानमा छ । समान चार अंक भएको सातदोबाटो तेस्रो स्थानमा छ भने मनाङसँग पराजित शेर्पा १ अंकका साथ ११औं स्थानमा छ ।

Post Comments