News
मैत्रीपुर्ण खेलमा किरनको टोली माजियाको फराकिलो जित
काठमाडौं । बन्द्र प्रशिक्षणका लागि केन्दिकोल्हुधुमा रहेको किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले शनिबार सम्पन्न एक मैत्रीपुर्ण फुटबल म्याचमा फराकिलो जित हात पारेको छ ।
स्थानीय केन्दिकोल्हुधु फुटबल क्लबसँग भएको सो मैत्रीपूर्ण फुटबल म्याचमा माजियाले ९–० को फराकिलो जित हात पारेको हो । माजियाको जितमा कप्तान असदुल्ला अब्दुलाले ह्याट्रिकसहित चार गोल गरे । त्यस्तै इब्राहिम हसनले दुई गोल गरे भने हसन सिफाज, हैसम हसन र मोहम्मद इरुफानले समान १–१ गोल गरे ।
नयाँ सिजनको लिगको तयारीमा रहेको माजिया हाल दश दिने बन्द प्रशिक्षणका लागि केन्दिकोल्हुधुमा छ । माजिया गत सिजनको माल्दिभियन लिग च्याम्पियन समेत हो । साथै क्लबले नयाँ सिजनकै लागि भने नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङलाई हालै अनुवन्ध समेत गरेको थियो ।
(तस्विरः माजिया)
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल