News इन्टर कलेज सेभेन ए साईड फुटसल हुने
गोलनेपाल

काठमाडौं । फुटसल खेलको लोकप्रियतालाई ध्यानमा राख्दै कौस्तुभ एकेडेमीले प्रथम इन्टर कलेज सेभेन ए साईड फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यहि आउँदो पौष ५ देखि १५ गतेसम्म आयोजना हुने प्रतियोगिताको टिम दर्ता पनि खुला गरिएको आयोजकले जनाएको छ । टिम दर्ताका लागि अन्तिम मिति पौष २ गतेसम्म तोकिएको छ भने टिम दर्ता शुल्क ७ हजार रहेको आयोजकले जानकारी दियो ।

प्रतियोगितामा विजेता तथा उपविजेता टोलीहरुका लागि नगदसहित अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ । पेप्सीकोला भक्तपुर स्थित बैजन्ती फुटसलमा हुने प्रतियोगिताका लागि तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।

Post Comments