News मंसिर अन्तिमदेखि फिदिम नगर कप
गोलनेपाल

रानीटार । ‘देशप्रतिको हाम्रो माया, खेलकुदको विकास हाम्रो चाहना” भन्ने मूल नाराका साथ यहि मंसिर २८ गतेदेखि तेस्रो फिदिम नगर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

स्वतन्त्र क्लब, फिदिम–७ पाँचथरको आयोजना तथा रानीटार युनाइटेड क्लबको सह–आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ८० हजार प्राप्त गर्नेछ ।

फिदिम–७ रानीटार स्थित बराजु रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका गरि कुल ९ टोलीहरुले सहभागिता जनाउने तय भएको आयोजकले जनाएको छ । फिदिम नगरपालिका पाँचथर प्रवद्र्धक रहेको प्रतियोगिताको फाइनल खेल भने आगामी पौष ३ गतेका दिन हुनेछ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले सबै खेलहरु प्रत्यक्ष पसरण समेत गर्नेछ ।

Post Comments