News वार्ड नम्बर ५ सेमिफाइनलमा प्रवेश
गोलनेपाल

इटहरी । सहज जितका साथ वार्ड नम्बर ५ यहाँ जारी इटहरी फुटबल रनिङ कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरको छ ।

इटहरी स्थित क्षेत्रीय रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा वार्ड नम्बर ५ ले वार्ड नम्बर १ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

वार्ड नम्बर ५ को जितमा खेल शुरु भएको दोस्रो मिनट मै मदन तामाङले पहिलो गोल गरे । त्यस्तै ४८औं मिनटमा जोशन राईले दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।

खेलमा वार्ड नम्बर ५ का मदन तामाङ म्यान अफ द म्याच घोषित भए । उनलाई वार्ड नम्बर ६ इटहरीका समाजसेवी शंकर भटट्टराईले एक थान मोबाइल सेटसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत मंसिर १६ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल वार्ड नम्बर १० र २० बीच हुनेछ भने तेस्रो क्वाटरफाइनल वार्ड नम्बर २ र १६ बीच हुने आयोजकले जानकारी दियो ।

इटहरी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि मंसिर २० गतेका दिन हुनेछ ।

Post Comments