News अन्तिम खेलमा भेनेजुएलासँग निराश बन्यो भारत
गोलनेपाल

काठमाडौं (एजेन्सी) । आगामी बर्ष घरमै हुने एएफसी वुमन्स एसियन कपको तयारीका लागि ब्राजील भ्रमणमा पुगेको भारतीय महिला फुटबल टोलीले त्यहाँ भएको चारदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा पनि पराजित हुन पुगेको छ ।

आफ्नो पहिलो खेलमा आयोजक ब्राजीलसँग ६–१ ले पराजित भारतले दोस्रो खेलमा चिलीसँग ३–० ले हार्न पुगेको थियो । बिहीबार बिहान सम्पन्न लिग चरणको आफ्नो अन्तिम खेलमा भारतले भेनेजुएलासँग २–१ को हार बेहोर्न पुग्यो ।

प्रतियोगिताबाट बाहिरिसकेका यी दुवै टोलीबीचको त्यो खेल प्रतिष्ठाको भिडन्त पनि थियो । खेलमा अग्रता पनि भारतले बनाएको थियो । तर त्यसलाई कायम राख्न सकेन ।

१८औं मिनटमा दाङ्मी ग्रेसको गोलबाट अग्रता बनाएको भारतले दोस्रो हाफमा दुई गोल खान पुग्यो । ५०औं मिनटमा मारियाना सोफियाले भेनेजुएलाका लागि बराबरी गोल फर्काईन भने ८१औं मिनटमा बारबरा ओलिभिएरीले दोस्रो गोल थप्दै भारतलाई निराश तुल्याईन ।

ब्राजील च्याम्पियन

त्यस्तै बुधबार नै भएको समूह चरणको अन्तिम तथा निर्णायक खेलमा आयोजक ब्राजीलले चिलीलाई २–० ले हराउँदै प्रतियोगिताको च्याम्पियन बन्न सफल भयो ।

Post Comments