News फेरि ‘टिम अफ द विक’मा रोहित
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित इण्डोनेसियन क्लब पर्सिजा जकार्ताबाट इण्डोनेसियाको शिर्ष लिगमा व्यवसायीक फुटबल खेलिरहेका नेपालका स्टार रोहित चन्दले त्यहाँ आफ्नो प्रभाव जमाउने क्रमलाई निरन्तरता दिएका छन् ।

रोहित इण्डोनेसियन लिग वानको फेरि टिम अफ द विकमा परेका छन् । शुक्रबार मात्र भएको टिरा–पर्सिकाबो विरुद्धको खेलमा जकार्ताले १–० को जित निकाल्दा रोहितले नै निर्णायक गोल गरेका थिए । खेलमा उनी म्यान अफ द म्याच समेत चुनिएका थिए ।

यसपटक टिम अफ द विकमा पर्ने उनी जकार्ताका एक्ला खेलाडी समेत हुन् । यसअघि उनि गत महिना (नोभेम्बर) मा पनि टिम अफ द विकमा परेका थिए ।

स्मरणीय छ, जकार्ताले लिगा वानतर्फ आज पिएसमसँग खेल्दैछ । लिगमा हाल १५ खेलबाट २१ अंक जोडेको जकार्ता नवौं स्थानमा छ । पिएसम भने १९ अंकका साथ दशौं स्थानमा छ ।

Post Comments