काठमाडौं । शनिबारदेखि बंगलादेशमा शुरु साफ यु–१८ महिला च्याम्पियनसिपको दोस्रो संस्करणमा भुटानले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।
ढाका स्थित बिर सेरेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा भएको उद्घाटन खेलमा भुटानले श्रीलंकामाथि ५–० को प्रभावशाली जित हात पार्दै शानदार शुरुवात गरेको हो ।
भुटानका लागि खेलको २१ र २२औं मिनटमा पेमा याङ्जमले लगातार दुई गोल गरिन् । २७औं मिनटमा छिरिङ छोदेनले त्यो अग्रता तेब्बर पारिन । एकतर्फी नतिजा निकालेको भुटानका लागि ४५औं मिनटमा सोनाम ल्हामोले चौथो गोल थपिन् । त्यस्तै थप एक गोल भने श्रीलंकाकी सेनाविगेले आत्मघाती गोलका रुपमा गर्न पुगेकी थिईन् ।
भुटानले आफ्नो आगामी खेल सोमबार बंगलादेशसँग खेल्ने कार्यक्रम छ । स्मरण रहोस, नेपालले पनि शनिबार नै आयोजक बंगलादेशससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । जुन खेल नेपाली समयअनुसार ६ः४५ बजे शुरु हुनेछ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल