News मच्छिन्द्रको तेस्रो जितमा बिमलको गोल
गोलनेपाल

काठमाडौं । साविक विजेता मच्छिन्द्र फुटबल क्लबले पनि कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा आफ्नो लिग उपाधिको दावेदारीतालाई यथावत राखेको छ ।

शनिबार भएको दोस्रो खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–० ले हरायो । लिग उपाधिको दावेदारीतालाई कायम राख्यो । दशरथ रंगशालामा भएको खेलको २९औं मिनटमा सुनिल बलको गोलबाट मच्छिन्द्रले खेलमा अग्रता लियो । त्यो अग्रता मच्छिन्द्रले पहिलो हाफसम्म कायम राख्यो ।

दोस्रो हाफमा भने मच्छिन्द्रले थप दुई गोल गर्न सफल भयो । ६८औं मिनटमा नोर्लानले मच्छिन्द्रको अग्रता दोब्बर बनाए । त्यस्तै लामो समयपछि चोटमुक्त भएर मैदान फर्किएका बिमल घर्ती मगरले इन्जुरी समयमा तेस्रो गोल गर्दै मच्छिन्द्रको शानदार जित पक्का गरे ।

खेलमा मच्छिन्द्रका छिरिङ गुरुङ म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे । जित हात पारेको मच्छिन्द्रले बोनस मनी वापत ५० हजार पनि प्राप्त गर्यो ।

यो जितसँगै ४ खेलबाट मच्छिन्द्रको दश अंक भएको छ । र लिगतालिकाको शिर्षता कै होडमा छ । उता पराजित शेर्पा भने २ अंकका साथ ११औं स्थानमा संघर्षरत छ ।

 

Post Comments