News एनआरटीसँग स्तब्ध बन्यो सातदोबाटो
गोलनेपाल

काठमाडौं । शुरुवाती तीन चरणका दुई खेल जितेर सनसनी मच्याएको नव आगन्तुक टोली सातदोबाटो युथ क्लबले शनिबार ए डिभिजन लिगको चौथो चरणको खेलमा हार बेहोरेको छ ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा सातदोबाटोले न्युरोडटिम (एनआरटी) सँग ०–१ को स्तब्धपुर्ण हार बेहोरेको हो । दोस्रो हाफको पहिलो मिनट मै स्टेफनी समिरले गरेको एक मात्र गोल एनआरटीलाई पहिलो जित दिलाउन निर्णायक बन्यो ।

लिगमा पहिलो जित दर्ता गरेको एनआरटी ४ खेलबाट ५ अंकका साथ लिगतालिकाको सातौं स्थानमा उक्लेको छ । ७ अंक जोडेको सातदोबाटो भने चौथो स्थानमा छ । शिर्ष स्थानमा भने १० अंकका साथ मनाङ मस्र्याङ्दी क्लब रहेको छ ।

 

Post Comments