
काठमाडौं । साफ यु–१९ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले साविक विजेता तथा आयोजक बंगलादेशससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।
तुलनात्मक रुपमा बलियो देखिएको बंगलादेशले घरेलु समर्थकहरुको पनि राम्रो साथ पाएको थियो । बंगलादेशी खेलाडीहरुका केही डरलाग्दा प्रहारलाई नेपालकी कप्तान तथा गोलरक्षक अन्जना राना मगरले उत्कृष्ट रुपमा जोगाएकी थिईन् ।
यो नतिजासँगै नेपाल र बंगलादेश दुवैले १–१ अंक बाँडेका छन् । नेपालले आफ्नो दोस्रो खेल १५ डिसैम्बर बुधबारका दिन श्रीलंकासँग खेल्नेछ । बंगलादेशले भने सोमबार भुटानसँग खेल्ने कार्यक्रम छ ।
स्मरण रहोस, शनिबार नै भएको उद्घाटन खेलमा भुटानले श्रीलंकामाथि ५–० को फराकिलो जित हात पारेको थियो । दक्षिण एसियाका पाँच देशहरुको सहभागिता रहेको प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा हुनेछ । शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)