News थ्रीस्टारलाई रोक्दै एपिएफलाई पहिलो अंक
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा यस सिजन खराब लयमा रहेको सशस्त्र प्रहरीको एपिएफ क्लबले आइतबार पहिलो अंक बटुलेको छ ।

दशरथ रंगशालामा भएको एक मात्र खेलमा एपिएफले रुस्लान थ्रीस्टार क्लबलाई गोलरहित बराबरीमा रोक्दै अंक खोसेको हो । खेलमा एपिएफका प्रदिप लामा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

बराबरी खेलेका दुवै टोलीले म्याच मनी वापत २५–२५ हजार समेत प्राप्त गरे । यो नतिजापछि ४ खेलबाट ५ अंक जोडेको थ्रीस्टार पाँचौं स्थानमा पुगेको छ । एपिएफ भने १ अंकका साथ १३औं स्थानमा छ ।

Post Comments