News अल इन वान सैनिक तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
रमेश समदर्शी

झापाको अल इन वान सैनिक तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फिदिम नगरपालिका ७ रानीटारस्थित बराजु खेल मैदानमा मंगलबारदेखि सुरु फुटबल प्रतियोगितामा झापाले पुजन राईको ह्याट्रिक गोलमद्दत सँगै ७-३ गोलअन्तरमा विजयी बनेको हो ।

झापाका लागि खेलको २०, ५६ र ६२औँ मिनेटमा गोल गरे । यस्तै, दिपेश श्रेष्ठले खेलको ४३ र ४७, आशिष गुरुङले १४ र विशाल राईले ५४औँ मिनेटमा गोल गरेर टिमलाई सुरक्षित गरे ।

आयोजक स्वतन्त्र एफसीका लागि कप्तान अर्जुन गुरुङले खेलको ६८ र ७१ तथा किस्मत लिम्बूले १७औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच झापाका पुजन राई घोषित भए ।

भारत सिक्किमको एक टिमसहित प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ ।

बुधबार दुई खेलहरु हुनेछन् । पुस ३ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र उपविजेता ८० हजारसहित ट्रफी पाउनेछ ।

Post Comments