झापाको अल इन वान सैनिक तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिदिम नगरपालिका ७ रानीटारस्थित बराजु खेल मैदानमा मंगलबारदेखि सुरु फुटबल प्रतियोगितामा झापाले पुजन राईको ह्याट्रिक गोलमद्दत सँगै ७-३ गोलअन्तरमा विजयी बनेको हो ।
झापाका लागि खेलको २०, ५६ र ६२औँ मिनेटमा गोल गरे । यस्तै, दिपेश श्रेष्ठले खेलको ४३ र ४७, आशिष गुरुङले १४ र विशाल राईले ५४औँ मिनेटमा गोल गरेर टिमलाई सुरक्षित गरे ।
आयोजक स्वतन्त्र एफसीका लागि कप्तान अर्जुन गुरुङले खेलको ६८ र ७१ तथा किस्मत लिम्बूले १७औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच झापाका पुजन राई घोषित भए ।
भारत सिक्किमको एक टिमसहित प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ ।
बुधबार दुई खेलहरु हुनेछन् । पुस ३ गते हुने फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र उपविजेता ८० हजारसहित ट्रफी पाउनेछ ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात