News
त्रिवेणीलाई लमजुङ जिल्ला लिगको उपाधि

बेसिशहर । लमजुङमा सम्पन्न जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि त्रिवेणी युवा क्लबले जितेको छ । सहजी खेलमैदानमा भएको फाइनलमा मुनलाईट युवा क्लबलाई ३–१ ले हराउँदै त्रिवेणी जिल्ला लिग च्याम्पियन बनेको हो ।
विजेता बनेको त्रिवेणीले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता मुनलाईटले ३० हजारमा चित्त बुझायो । जिल्ला लिग च्याम्पियन त्रिवेणीले अब लमजुङको प्रतिनिधित्व गर्दै प्रदेश लिग खेल्ने पनि पक्का भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रम अन्तरगत लमजुङ जिल्ला फुटबल संघको आयोजनामा भएको जिल्ला लिगमा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments