News वार्ड नम्बर ६ फाइनलमा प्रवेश
गोलनेपाल

औराबनी । कठिन जित निकाल्दै वार्ड नम्बर ६ यहाँ जारी तेस्रो अध्यक्ष कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा वार्ड नम्बर ६ ले वार्ड नम्बर १ (क) लाई टाईब्रेकरमा ३–० ले हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि गढि खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।

खेलमा वार्ड नम्बर ६ का रन्जित उराउ म्यान अफ द म्याच घोषित भए । उनलाई प्रमुख अतिथी दुखाराम खाँले नगद एक हजारसहित पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तरगत पौष १ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल वार्ड नम्बर १ (ख) र वार्ड नम्बर ३ बीच हुने आयोजकले जानकारी दिएको छ ।

गढी गाउँपालिका, औराबनी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७१ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल पौष ३ गतेका दिन हुनेछ ।

Post Comments