News भारतको लगातार दोस्रो जित
गोलनेपाल

काठमाडौं । साफ यु–१९ महिला च्याम्पियनसिपमा उपाधिको दावेदार मध्ये एक भारतले लगातार दोस्रो जित हात पारेको छ । बुधबार सम्पन्न दोस्रो खेलमा भारतले भुटानमाथि ३–० को जित निकाल्यो ।

भारतले यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकालाई ५–० ले हराएको थियो । त्यस्तै भुटानले पनि श्रीलंकालाई प्रतियोगिताको उद्घाटन खेलमा समान ५–० को गोल अन्तरले हराएको थियो ।

भुटानले आफ्नो आगामी खेल १७ डिसेम्बर शुक्रबारका दिन नेपालसँग खेल्ने कार्यक्रम छ । स्मरण रहोस, नेपालले बुधबार नै भएको पहिलो खेलमा श्रीलंकामाथि ६–० को जित हात पारेको थियो । त्यस्तै १७ डिसेम्बर कै दिन भारतले आयोजक तथा डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग खेल्नेछ ।

बुधबारको नतिजापछि २ खेलबाट ६ अंक जोडेको भारत शिर्ष स्थानमा छ । ४–४ अंक जोडेको बंगलादेश र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ३ अंक जोडेको भुटान चौथो स्थानमा रहँदा अंकविहीन श्रीलंका पुछारमा छ ।

राउण्ड रोबिन लिगका आधारमा भईरहेको प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल डिसेम्बर २२ तारीखका दिन हुने कार्यक्रम छ ।

Post Comments