News न्यु सिर्जना क्वाटरफाइनलमा
गोलनेपाल

बुटवल । रुपन्देहीमा जारी सातौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगितामा न्यु सिर्जना युवा क्लब, करौजियाले टाइब्रेकरमा संघर्षपुर्ण जित निकालेको छ ।

फर्साटिकर उच्च माविको खेलमैदानमा सोमबार भएको प्रिक्वाटरफाइनल खेलतर्फ न्यु सिर्जनाले तुलनात्मक रुपमा बलियो आँकिएको सुनौलो संगम युवा क्लबर्ला टाइब्रेकरमा ८–७ ले हरायो ।

स्मरण रहोस, त्यसअघिको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । यो जितसँगै न्यु सिर्जना क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

सोमबारको खेलको म्यान अफ द म्याच न्यु सिर्जना कै सुमन दर्लामी घोषित भए । प्रतियोगिता अन्तरगत पौष १५ मंगलबारको खेल केरवानी स्पोर्टिङ क्लब, देवदह र लिस्नु युवा क्लब, कोटिहवाबीच हुने खेल संयोजक भेषराज पौडेलले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन–४, फर्साटिकर रुपन्देहीको आयोजनामा शुरु प्रतियोगितामा रुपन्देही, पाल्पा, चितवन, नवलपरासीका गरि कुल १६ टोलीहरुको सहभागिता रहेको छ ।

शुद्धोदन गाउँपालिका, रुपन्देहीको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले जानकारी दिए ।

त्यस्ते सेमिफाइनलमा पराजित हुने दुई टोलीले पनि जनही १६–१६ हजार हात पार्ने अध्यक्ष कुँवरले बताए । साथै व्यक्तिगत विधातर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था रहेको उनले बताए ।

रुपन्देही, नवलपरासी, पाल्पा र चितवनका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि पौष २६ गते हुनेछ ।

Post Comments