हेटौडा । हेटौंडा हुप्रचौरमा जारी दोस्रो वीपी कप फुटबल प्रतियोगिता–२०७६ मा मकवानपुरगढी, हेटौंडा उपमहानगरपालिकाको ३ र १९ नम्बर वडा सेमीफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको क्वार्टरफाइनल खेलबाट मकवानपुरगढीले हेटौंडा ५ नम्बर वडालाई, १९ नम्बरले ७ नम्बर वडालाई र ३ नम्बरले कैलाश गाउँपालिकालाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । यसअघि आईतबारको खेलबाट हेटौंडा उपमहानगरपालिकाको २ नम्बर वडा सेमीफाइनलमा प्रवेश गरिसकेको छ ।
सोमबारको पहिलो क्वार्टरफाइनल खेलमा १९ ले ७ नम्बर वडालाई टाइब्रेकरमा हरायो । गोलरक्षक प्रजा नै खेलको म्यान अफ दी म्याच भए । दोस्रो खेलमा मकवानपुरगढीले हेटौंडा–५ लाई टाइब्रेकरमा हराएको हो ।
निर्धारित समय गोलरहित बराबरी भएपछि टाइब्रेकरमा ३–२ गोल अन्तरले गढी विजयी भएको हो । खेलको म्यान अफ द म्याच गढीका सन्जय लामा भए ।
अन्तिम खेलमा ३ नम्बर वडा सडनडेथमा विजयी हुँदै सेमीफाइनल प्रवेश गर्यो । मंगलबार सेमीफाइनल खेल हुनेछ । ३ र १९ नम्बर वडा तथा गढी गाउँपालिका र २ नम्बर वडाको बीच फाइनल प्रवेशको लागि खेल हुनेछ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा जारी प्रतियोगितामा २२ टोलीको सहभागिता रहेको छ । यही १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा