News गोरखामा कृत्रिम घाँसे खेल मैदान निर्माण शुरु
गोलनेपाल

गोरखामा कृत्रिम घाँसे खेल मैदान निर्माण शुरु भएको छ।

गोरखा नगरपालिका वडा नम्बर ९ दलभञ्याङस्थित द ओसन क्लवले आधुनिक र सुविधासम्पन्न खेल मैदान निर्माण अघि बढाएको हो।


क्लवका अध्यक्ष अमित खत्रीका अनुसार खेल मैदानमा घाँसजस्तै देखिने कार्पेट (आर्टिफिसियल टर्फ) बिच्छाउने कामको शिलान्यास भइसकेको छ।
४६ मिटर लम्बाइ र २३ मिटर चौडाइको टर्फ विच्छ्याउन ३१ लाख २२ हजार ५ सय ४४ रूपैयाँ खर्च लाग्ने अनुमान छ।

‘कृत्रिम घाँसे कार्पेटका लागि २३ लाख र मैदान स्तरउन्नती गर्न ८ लाख रूपैयाँ खर्च लाग्छ,’ उनले भने।

खर्चको जोहो गर्न सुरू गरेको उनले बताए।

निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत् आठ लाख रूपैयाँ र गोरखा नगरपालिकाले सात लाख रूपैयाँ उपलब्ध गराउने भएका छन्। पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कडेँलले दुई लाख रूपैयाँ जुटाइदिने प्रतिवद्धता पनि जनाएको उनले बताए।

‘कृत्रिम घाँसे मैदान बनेपछि फुटवल प्रशिक्षण गर्न सजिलो हुन्छ,’ उनले भने।

मैदान निर्माण व्यवस्थापनका लागि नवीन पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको छ। यो प्रोजेक्टमा गोलनेपालको बिशेष सहयोग रहनेछ। 

गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र प्रदेश सांसद हरिशरण आचार्यले मैदान निर्माणमा थप सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

Post Comments