News एसियान आप्रवासी फूटबल प्रतियोगितामा नेपाल समूह ए मा
गोलनेपाल

काठमाडौं । बैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका विभिन्न एसियाली राष्ट्रका आप्रवासीहरु बीच हुने एसियन आप्रवासी फुटबल प्रतियोगिता यहि जनवरी ९ तारीख (पौष २४ गते) देखि शुरु हुने भएको छ ।

प्रतियोगितामा सहभागि कुल १२ देशहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तरगत नेपाली फुटबल टिम (कतार) समूह ए मा परेको छ । जहाँ नेपालले इण्डोनेसिया, भारत, दक्षिण कोरिया, फिलिपिन्स र बंगलादेशसँग खेल्नेछ ।

त्यस्तै समूह बी मा जापान, प्यालेस्टाइन, लेबनान, श्रीलंका, मलेसिया र जोर्डन रहेका छ । अल अरबी क्लबको प्रशिक्षण मैदानमा मा हुने प्रतियोगिता अन्तरगत नेपालले आफ्नो पहिलो खेल १६ जनवरीका दिन बंगलादेशसँग खेल्नेछ ।

त्यस्तै दोस्रो खेल ६ फेब्रुअरीका दिन भारतसँग खेल्नेछ भने १३ फेब्रुअरीका दिन फिलिपिन्ससँग खेल्नेछ । त्यसैगरी २० फेब्रूअरीका दिन दक्षिण कोरियासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल २८ फेब्रुअरीका दिन इण्डोनेसियासँग खेल्नेछ ।

कतार फुटबल एसोसिएशनको समेत विशेष सहयोग र संलग्नता रहने प्रतियोगितामा यसपटक नेपाल भ्रमण २०२० को प्रचार प्रसार गरिने योजना र कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।

नेपाली फुटबलको चर्चित वेबसाईट गोलनेपाल डटकम प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरका रुपमा समेत रहेको छ ।

यस्तो छ नेपालको खेलतालिका ।

Post Comments