News कामना सेवा फुटसल कपमा २४ टोली
गोलनेपाल

काठमाडौं । पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगितामा बैंक तथा वित्तिय संस्थाका २४ टोलीको सहभागिता रहने भएको छ । आयोजक कामना सेवा विकास बैंकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा २४ टोलीले प्रतिस्पर्धा गर्ने जानकारी दियो ।

कालोपुलस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने प्रतियोगिता शुक्रबार र शनिबार आयोजना हुनेछन । प्रतियोगितामा सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले प्रिक्वाटरफाइनलमा स्थान बनाउने छन् ।

‘स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात गर्दै आयोजना हुन लागेको युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर जंग गहतराजले समुद्घाटन गर्ने छन् । यस्तै अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाबाट खेलको समापन गरिने पनि आयोजकले जानकारी दियो ।

प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटिको प्राविधिक सहयोग पनि रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

Post Comments