बुटवल । दि फार्मा टिम, बुटवलको आयोजनामा स्वास्थ्य पेशामा आवद्ध रहेकाहरु बीच सम्पन्न छैठौं फार्मा कप फुटसल प्रतियोगिताको उपाधि दि ग्रेट मेट्सले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा दि ग्रेट मेटसद्वारा एनएमएसआर (नेपाल मेडिकल सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन) दाङ ३–० ले पराजित । विजेता बनेको दि ग्रेट मेट्सले उपाधिसहित नगद ४० हजार हात पार्दा उपविजेता एनएमएसआरले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ सर्वश्रेष्ठ खेलाडी दि गैट मेट्सका अभिषेक रोका बन्दा उत्कृष्ट गोलरक्षक पनि दि ग्रेट मेट्सका सञ्जय गौरो चुनिए । सर्वश्रेष्ठ खेलाडी भने एनएमएसआर दाङका रुपेश राजवंशीले हात पारे ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ कस्लन्टेन्ट तथा न्युरोसर्जन डाक्टर केआई सिंह केसी, बालरोग विशेषज्ञ सन्तोष पोखरेल, खेल संयोजक प्रितम श्रेष्ठ, सह–खेल संयोजक ज्ञान बहादुर बाह्रघरे, व्यवस्थापक प्रकाश न्यौपाने लगायतले पुरस्कृत गरेका थिए ।
तिलोत्तमा–२, रुपन्देही स्थित मोनालिसा फुटसलमा सम्पन्न एक दिने प्रतियोगितामा रुपन्देही, कास्की, चितवन र दाङका गरी कुल १६ टोलीहरु सहभागि रहेको खेल संयोजक प्रितम श्रेष्ठले जानकारी दिए । साथै उनले सहभागिता जनाउने टिमसहित उपस्थित अतिथी, सहयोगी, शुभेच्छुक लगायत सबैप्रति आभार र धन्यवाद प्रकट गरे ।