News बीबीसीका लागि बिजयको निर्णायक गोल
गोलनेपाल

काठमाडौं । कतार एयरवेज ए डिभिजन लिगको चौथो चरणको खेलतर्फ मंगलबार भएको दोस्रो भिडन्तमा ब्रीगेड ब्वाईज क्लब (बीबीसी) ले हिमालयन शेर्पा क्लबलाई १–० ले हराएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा बीबीसीका लागि पहिलो हाफको १७औं मिनटमा बिजय गुरुङले एक मात्र निर्णायक गोल गरे । जारी लिगमा बीबीसीको यो दोस्रो जित समेत हो ।

यो जितपछि ४ खेलबाट बीबीसीको ६ अंक भएको छ । उता पराजित शेर्पाको भने २ अंक छ । खेलमा बीबीसीका गोलरक्षक बिशाल सुनार म्यान अफ द म्याच घोषित भए ।

Post Comments