News
थ्रीस्टार र आर्मीको बराबरी

काठमाडौं । ए डिभिजन लिगतर्फ आइतबार सम्पन्न दोस्रो खेलमा दुई बलियो टोली रुस्लान थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलमा आर्मीका जगजित श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । यो नतिजापछि लिगमा ६ खेलमध्ये चारमा बराबरी खेलेको थ्रीस्टार ७ अंकका साथ सातौं स्थानमा छ ।
उता आर्मी भने १० अंकका साथ चौथो स्थानमा छ । थ्रीस्टार लिगलिडर मच्छिन्द्र भन्दा ७ अंकले पछाडी छ भने आर्मी ४ अंकले पछाडी छ । दोस्रो स्थानमा १३ अंक जोडेको मनाङ छ ।
तेस्रो स्थानमा आइतबार नै बीबीसीलाई ३–० ले हराएको संकटा छ । संकटाको ६ खेलबाट १२ अंक छ । रेलिगेशन क्षेत्रमा भने ४ र ३ अंक जोडेको च्यासल र फ्रेण्डस क्लब छन् ।
Post Comments