News निलम्बनपछि सन्तोषको मैदानमा उत्कृष्ट पूनरागमन
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ महत्वपूर्ण मानिएको खेलमा त्रिभुवन आर्मी क्लबले थ्रीस्टार क्लबमाथि प्रभावशाली जित हात पारेको छ ।

एन्फा कम्प्लेक्समा बुधबार भएको दोस्रो खेलमा आर्मीले थ्रीस्टारलाई २–० ले हरायो । आर्मीको जितमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो । पहिलो गोल ५४औं मिनटमा भरवत खवासको क्रसमा नवयुग श्रेष्ठले गरे ।

त्यस्तै दोस्रो गोल भने हालै अनुशासनको कारवाहीमा परेर निलम्बित भई मैदानमा फर्किएका सन्तोष तामाङले । तामाङले ७९औं मिनटमा फ्रिकिक मार्फत दर्शनीय गोल गरे ।

तामाङ नै खेलको म्यान अफ द म्याच समेत घोषित भए । यो जितपछि आर्मीको ४ खेलबाट ९ अंक भएको छ । उता पराजित थ्रीस्टारको भने ७ अंक छ ।

 

Post Comments