News सहज जितका साथ आर्मी सेमिफाइनलमा
गोलनेपाल

बसन्तपुर । सहज जित निकाल्दै त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी तेस्रो माडी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तेस्रो क्वाटरफाइनलतर्फ आर्मीले बागमती युवा क्लब, सर्लाहीलाई ४–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । आर्मीको जितमा कमल थापा (४५, ७४) र सन्तोष केसी (५५, ८०) ले दुई–दुई गोल गरे । उता पराजित बागमतीका लागि ८८औं मिनटमा नवराज गुरुङले एक मात्र गोल फर्काए ।

खेलमा आर्मीका कमल थापा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख २५ हजार प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भनेृ माघ ८ गतेका दिन हुनेछ ।

 

Post Comments