News लिगका बाँकी खेलहरु शुक्रबारदेखि सुचारु हुँदै (खेलतालिका)
गोलनेपाल

काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगका बाँकी खेलहरु यहि माघ २८ गते शुक्रबारदेखि सुचारु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।

एन्फाले लिगका बाँकी चरणका खेलहरुको खेलतालिका पनि सार्वजनिक गरेको छ । शुक्रबार हुने लिगको दशौं चरणको पहिलो खेलमा शुक्रबार फ्रेण्डस क्लब र ब्रिगेड ब्वाईज क्लब भिड्ने छन् । त्यस्तै सोही दिन हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लब आमने सामने हुने छन् ।

लिगको दशौं र एघारौं चरणका केही खेलहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा पनि हुने छन् । त्यस्तै लिगको अन्तिम चरणको खेलहरु फागुन १२ देखि १४ गतेसम्म हुनेछ । यद्यपि अन्तिम चरणका खेलहरुको खेल समय र खेलस्थलबारे भने एन्फाले अहिले नै टुंगो नलागेको जनाएको छ ।

स्मरण रहोस, ९ चरणको खेलहरु समाप्ती हुँदासम्म लिगको शिर्ष स्थानमा २३ अंक जोडेको साविक विजेता मच्छिन्द्र फुटबल क्लब रहेको छ । दोस्रो स्थानमा १९ अंक जोडेको मनाङ मस्र्याङ्दी क्लब छ भने तेस्रो स्थानमा १७ अंक जोडेको आर्मी छ । त्यस्तै लिगतालिकाको पुछारमा दुई टोली च्यासल (५) र फ्रेण्डस (३) रहेका छन् ।

Post Comments